बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, भेटिएनन् बम्जन
काठमाडाैँ, आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ । प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो।
हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई नियन्त्रणमा लिन प्रहरीले छापा मारेको हो । सिआईवी प्रमुख डिआइजी सहकुल थापाका अनुसार, प्रहरीले आश्रममा छापा मारेपनि बम्जनलाई फेला पार्न भने सकेन ।
बम्जन माथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो । यसअघि ४ माघमा समेत प्रहरीले छापा मारेको थियो । यो बम्जनको आश्रममा छापा मारेको दोस्रो पटक हो ।
सीआईबीको टोली बिहीबार कुकुर सहित बम्जनको आश्रम पुगेको थियो । ठूलो जंगलको बीचमा उनको आश्रम भएको कारण उनी त्यहीँ जंगलबाट भागेको अनुमान प्रहरीको छ ।
उनको आश्रममा तपस्या गर्न पुगेकाहरु आश्रमबाटै हराएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बम्जनको आश्रमबाट तीन आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालैमात्र सार्वजनिक भएको थियो। अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ।