थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८

काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आज फेला परेका संक्रमितमा ५९१ जना पुरुष ८० जना महिला । मन्त्रालयले हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिएको छ ।

बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।

देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमित ७ हजार ८४८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख हजार ५५ हजार ५१८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् ।