गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८९
प्रकासित मिति : २०७७ असार ४, बिहीबार ०६:५५
प्रकासित समय : ०६:५५
पोखरा, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएको हो ।
मनाङका संक्रमितबाहेक बाँकी सबै भारतबाट आएको डा. विनोद विन्दु शर्माले बताए । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।