कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्तकको संख्या २२ पुग्यो
प्रकासित मिति : २०७७ असार ४, बिहीबार १६:४५
प्रकासित समय : १६:४५
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चम कैलालीका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २की ४३ वर्षीया महिला रहेका छन् ।
उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो । गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।
उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो । उनको असार २ गते नै निधन भएको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।