कुशे गाउँपालिकाद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट, कुशे गाउँपालिकाले हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरेको छ ।  बिहीबार कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकाय (बस्नेत)को हेलिकोप्टरबाट उद्धार गरिएको हाे।

अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान उद्धार गरिएको गाउँपालिकाले जनाएकाे छ ।

दुई दिनदेखि सुत्केरी ब्यथा लागेको उनका श्रीमान् सुरेन्द्र बस्नेतले जानकारी दिए ।