कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२२४

सुर्खेत, कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ।  प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये सुर्खेतका ३४ जना र दैलेखका ८६ जना छन्। जसमध्ये दैलेखको महावु गाउँपालिकाको वडा नं. २ मा मात्रै ५२ जना संक्रमित पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। महावुकै वडा नं. ३ मा ८ जना, वडा न. ४ र ५ मा ४-४ जना, वडा नं. ६ मा ८ जना छन्।

त्यस्तै भैरवी गाउँपालिका वडा नं. १, दुल्लु नगरपालिका वडा नं. ३ र ५ मा एक–एक जना, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ २ जना, गुराँस गाउँपालिका वडा नं. १ मा ४ जना र वडा नं. ५ मा १ जना छन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ मा २ जना, वीरेन्द्रनगर वडा नं. १ मा ३ जना, वडा नं. ९, १० र ११ मा १-१ जना, चौकुने गाउँपालिका वडा नं. १ र ४ मा १–१ जना, चिङ्गाड गाउँपालिका वडा नं. ३ मा २ जना, वडा नं ४ मा ६ जना, गुर्भाकोट नगरपालिका वडा नं. १३ मा ५ जना, पञ्चपुरी नगरपालिका वडा नं. १, ७ र ८ मा १–१ जना, वडा नं. ५ मा २ जना, वडा नं. ६ मा ३ जना र वडा नं. ९ मा ३ जना छन्।

त्यस्तै आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, दैलेखको महावु आइसोलेसनबाट १ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट ३ जना र सिम्ता आइसोलेसन सेन्टरबाट १ जना गरी कुल ११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म ५ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।