चीनले भन्यो-‘भारतले सहमतिको गम्भीर उल्लंघन गर्यो’ हामी जिम्मेवार छैनौँ’
प्रकासित मिति : २०७७ असार ३, बुधबार १५:२४
प्रकासित समय : १५:२४
एजेन्सी, चीनले सीमा क्षेत्र गलवान घाटीमा भएको घटनाका आफुहरु जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ ।
यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मेवार ठहर गर्न मिल्दैन ।’
‘गलवान घाटीको सम्प्रभुता सधैं चीनमा नै निहित छ’ उनले भने ‘भारतीय सैनिकले बोर्डर प्रोटोकल र हाम्रो कमान्डर स्तरको कुराकानीमा भएको सहमतिको गम्भीर उल्लंघन गरे ।’
उनले सीमा क्षेत्रमा भारतसँग थप संघर्ष नचाहेकोसमेत बताएका छन् । सोमबार राति गलवान भ्यालीमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ ।