एकै दिन ५८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१७७
प्रकासित मिति : २०७७ असार ३, बुधबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौं, नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या सात हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।