अमेरिकामा कोरोनाबाट १ लाख १९ हजार १२४ को मृत्यु
प्रकासित मिति : २०७७ असार ३, बुधबार ०७:२५
प्रकासित समय : ०७:२५
काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ८४१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ ।
कुल संक्रमितमध्ये ८ लाख ९९ हजार ४७८ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ११ लाख ८९ हजार ७५ जनामध्ये १६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।