राप्ती स्वास्थ्य प्रतिष्ठानका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा

दाङ , दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा राखिएकाे छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् ।

क्वारेन्टाइनमा ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको प्रतिष्ठानकी उपकुलपति डा.संगिता भण्डारीले बताइन् । अस्पतालको मेडिकल वार्डमा उपचार गराइरहेका विरामीमा कोरोना पोजेटिभ देखिएको थियो ।