भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सेनाको मृत्यु
प्रकासित मिति : २०७७ असार २, मंगलवार १३:३८
प्रकासित समय : १३:३८
काठमाडौं, लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ ।
यस क्षेत्रमा चीन र भारतीय सेनाबीच यहि वर्ष मात्र पटक–पटक झडपको वातावरण सिर्जना हुँदै आएको थियो । कूटनीतिक र सैन्य वार्ता सकारात्मक ढंगले अघि बढेको भनिएका बेला यो अवस्था आएको हो । चीनियाँ सेनातर्फ भएको क्षतिबारे जानकारी छैन ।