नेपाली कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई विशेष ज्ञापनपत्र
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रधानमन्त्री आलीलाई विशेष ज्ञापन पत्र बुझाएको हो ।

प्रधानमन्त्रीलाई भेटने टोलीमा पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी पनि सहभागी थिए। यस्तै ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत, प्रदेशमा प्रदेश संसदीय दलमार्फत तथा विदेशबाट जनसम्पर्क समितिहरुले दूतावासमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी ढंगले काम गर्न नसक्दा स्थिति भयाभव हुन थालेको काग्रेसको ठहर छ। लकडाउनको समयलाई सरकारले दुरुपयोग गरेको काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले निष्कर्ष निकालेको छ।

