पुन ; कोरोना संक्रमण फैलिएपछि चीनमा हाइअलर्ट, स्कूल र मनोरञ्जन केन्द्र बन्द
संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेको भन्दै चीनले बेइजिङका धेरैजसो स्कुलहरु बन्द गरेको छ भने बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको चिनियाँ सचामार संस्था सिन्ह्वाले जनाएको छ।
खेल र मनोरन्जन केन्द्रहरु पनि बन्द गरिएको छ । बेइजिङको यात्राका लागि सतर्कता बढाउनुका साथै स्वास्थ्य जाँच कडा पारिएको छ । कोरोना संक्रमण करिब मुक्त हुन लागेको चीनमा दोस्रो लहरको संक्रमण देखिएसँगै स्वास्थ्य जाँच र सतर्कता कडा पारिएको हो ।
बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको थियो । सिन्फाडी भनिने होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोनापरीक्षण गरिने भएको छ ।
सो मार्केटका जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए । चीनमा पछिल्ला दिनहरुमा पुनः संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार ४९ जनामा संक्रमण पुष्टि भएको छ भने आइतबार ५७ जना संक्रमित फेला परेका थिए ।