दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण

दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना गरि १९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनिहरु लामो समय क्वारेन्टाईनमा बसेको र रिपोर्ट आउन ढिलाई गरेपछि घर फर्किएका थिए । वडा नम्बर १८ को गिठेपानीका दुई पुरुषहरु रहेका छन् । उनिहरु सम्पर्कमा आई सकेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी, वडा नम्बर १७ मा गोरक्ष रत्ननाथ माबिको क्वारेन्टाईनमा बसेका १३ र रात्री प्रावि क्वाडीमा बसेका एक गर्भवती महिला र ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

गर्भवती महिलाकी श्रीमानको रिपोर्ट भने नेगेटीभ आएको छ । रिपोर्ट नआउदै घर पठाएको भन्दै वडा नम्बर १७ का स्थानियहरुले वडा कार्यालयमा जम्मा भएर बिरोध गरेका छन् । उपमहानगरका अन्य वडाहरु ३ र ५ का क्वारेन्टाईनमा बसेकामा पनि आज कोरोना देखिएको भनिएको छ ।

उपमहानगरमा ३६ जनामा कोरोना संक्रमण देखिएको र ति मध्य ३ जना स्वास्थ्यकर्मी रहेको भनिए पनि पुष्टि भने भएको छैन ।