नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न बाँके प्रशासन सक्रिय

नेपालगञ्ज, बाँकेमा अवैधरुपमा खोलानाला तथा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएसँगै नदीजन्य पदार्थ बोकेका टिपर तथा ट्याक्टरहरु धमाधन पक्राउ पर्न थालेका छन् ।

प्रहरीको सेटिङमै अवैध उत्खनन् भइरहेको भन्दै त्यसलाई रोक्न चर्को आवाज उठेपछि बाँके प्रशासनले प्रहरी र अवैध नदीजन्य पदार्थ दोहन गरिरहेका तस्करहरुबीचको साँठगाँठ भत्काएको हाे  ।

प्रहरीकै संरक्षणमा सबैभन्दा बढी राप्तीसोनारीमा गाउँपालिकामा पर्ने खोलानाला तथा राप्ती नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् हुँदै आएको थियो । अवैध उत्खखन्मा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

यसअघि शनिबार राती राप्ती नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ बोकेर ल्याउँदै गरेका तीन वटा ट्याक्टरसहित ६ जनालाई नियन्त्रणमा लिएको बाँके प्रशासनले सोमबार विहान साढे २ बजे नौं वटा ट्याक्टरसहित १३ जना मानिसलाई नियन्त्रणमा लिएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

नेपालगन्जतर्फ आउँदै गरेका भे १ त ९२३७, भे १ त ८३६२, भे २ त १२३, भे १ त ५९२६, भे १ त ६९६४, भे १ त ४२४६,भे १ त ७१४९,भे।१त ५२६२ र एउटामा नम्बर नभएको ९ वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई अभद्र व्यवहार कसुरमा कारबाही अघि बढाएको छ भने ट्रयाक्टर र नदीजन्य पदार्थसहित कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खासगरी इलाका प्रहरी कार्यालय कोहलपुर र कम्दी मातहत पर्ने क्षेत्रमा प्रहरीकै संरक्षण र मिलेमतोमा अवैधरुपमा खोलानाला तथा नदी दोहन तीव्ररुपमा हुँदै आएको थियो ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं। २ मा पर्ने खैरी, परुवा, झिझरी र मुगुवा खोला, वडा नं ६ को ढलैया, जललाघाट, वडा नं ५ को आलिनगर, वडा नंं ८ को सम्शेरगन्ज तथा डुडुवा गाउँपालिका–५ को कम्दीस्थित राप्ती नदीको खजुरिया, बैजनाथ गाउँपालिकाको मानखोला क्षेत्रबाट नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । केही क्षेत्रमा रातभर उत्खनन्को काम हुन्छ भने केही स्थानहरुमा दिनभर पनि निर्वाधरुपमा उत्खनन्को काम चलिरहेको छ ।