विश्वभर कोरोना संक्रमित करिब ७८ लाख ९२ हजार

काठमाडौं, विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्‌। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २१ हजार ९७१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ । संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ । २२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् ।