गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०४
प्रकासित मिति : २०७७ असार १, सोमबार ०८:१५
प्रकासित समय : ०८:१५
पोखरा, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी।पी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।