‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने
प्रकासित मिति : २०७७ असार १, सोमबार १२:३७
प्रकासित समय : १२:३७
सुर्खेत, कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन् । जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गर्दै भेरी बबई ड्राइभर्सन, डोल्पा जगदुल्ला जलविद्युत् आयोजना र जाजरकोट जलविद्युत् आयोजनामा कर्णालीको पानी जनताको लगानी कार्यक्रममार्फत् निर्माण गरिने मन्त्री ज्वालाले बताए ।