युवा नेता शिखरको पहलमा बिभिन्न बिद्यालयहरुमा सोलार जडान

कालिकाेट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य तथा  युवा नेता दिपक चौलागाईं शिखरको पहलमा निशुल्क सोलार जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडानमा कालिकोटका विभिन्न बिद्यालय र स्वास्थ्य संस्थाहरुमा सोलार जडान गरिएको हो ।

शिखरकाे पहलमा कालिका माबि शुभकालिका २ भर्तामा दुई हजार वाट, दाहाल माबि शुभकालिका ५ मा पनि दुई हजार वाट नैनेलदेब आधारभूत शुभकालिका ४ चौलागाईं बाडामा एक हजार वाट र महादेव आधारभूत शुभकालिका ८ मा पनि एक हजार वाट जडान गरिएकाे छ । 

त्यस्तै  सरस्वती माबि पचालझरना ८ मा दुई हजार वाट पन्चकालिका मा बि पचालझरना ५ मा पनि दुई हजार वाट नवकिरण आधारभूत बिधालय पचालझरना ५ मा एक हजार वाट जडान गर्ने बताइएकाे  छ ।  आधारभुत स्वास्थ्य चौकी पचालझरना वडा न ८ लाई पनि एक हजार वाट नेकपा पचालझरना गाउँ पालिका कमिटी अध्यक्ष पौरख बिश्वकर्मा क प्रमोदको पहल र सम्बन्धित संस्था र वडाको समन्वय मार्फत जडान हुने बताइएकाे छ   ।

आधारभूत स्वास्थ्य चौकी खाडाचक्र ३ ताडीमा पनि वडा अध्यक्ष महाबिर पाण्डे मार्फत जडान गरिएकाे बताइएकाे छ  । उक्त कार्यमा शुभकालिका अध्यक्ष खडानन्द चौलागाईं र पालिका परिवार पचालझरना अध्यक्ष खड्गराज सेजुवाल र पालिका परिवारको दिपक चौलागाईं शिखरलाई साथ रहेको बताइएकाे छ  । गत बर्ष पनि चौलागाईंको पहलमा शुभकालिकाकै अन्य केहि संस्थाहरुमा पसमेत  सोलार जडान सम्पन्न भएको थियो ।