कुशेमा बिपन्न घर परिवारलाई राहत वितरण कार्य सुरु

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकामा बिपन्न  घर परिवारलाई राहत वितरण कार्य कार्य सुरु गरिएको छ । गाउँपालिकाको २२० जोखिम रहेका घरधुरीलाई राहत बितरण कार्यक्रम आइतबारदेखि संचालन गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ बाट राहत बितरण सुरु गरिएको छ । प्रत्यक वडामा २५ घरधुरीको दरले ३० के जि चामल ,३ केजि दाल १ लिटर तेल १ पोका नुन वडा नं ६ को २५ घर दुरिलाई अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया कुमारी शाहीले वितरण गरेका छ्न ।

सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको आर्थिक सहयोग कुशे गाउँपालिकाको समन्वय तथा सहजीकरणमा यो कार्यक्रम संचालन गरिएको बताइएकाे छ ।

गाउँपालिका मार्फत श्रावण र भाद्रमा बढी खाद्यन्न अभाव पर्ने भएकोले सो समयमा परिवार संख्याको आधारमा वितरण गर्ने अध्यक्ष बस्नेतको भनाइ रहेको छ ।

१ बालकलाई २,५९५ का दरले २२० जनालाई जम्मा ५,७०,९०० र ढुवानी गरि ६२,००० गरि जम्मा ६,३२,९०० सहयोग रकम छुटयाइएको छ । सो रकम पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले कुशे गाउँपालिकाको बालकोष मार्फत परिचालन गरिएको बताइएकाे छ ।