कोरोना रोकथामका लागि राप्ती गाउँपालिकाको झण्डै एक करोड रकम खर्च

भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिकाले कोरोना रोकथामका लागि झण्डै एक कराेड रकम खर्च गरेकाे जनाएकाे छ । गाउँपालिकाले काेराेना राेकथामका लागि अहिले सम्म ७४ लाख १३ हजार ८३ रूपैयाँ खर्च भएकाे जनाएकाे छ ।

आर्थिक वर्ष २०७७ जेठ १५ गते सम्मको रेकर्ड अनुसार राहत वितरणमा ४२ लाख ३२ हजार ४ सय ९१ रूपैयाँ, क्वारेन्टाइन र आइसुलेसनमा ९ लाख ५४ हजार ७ सय ८२ रूपैयाँ, यात्रु ओसार पसारमा २ लाख १४ हजार २ सय ७५ रूपैयाँ, क्वारेन्टाइनमा खाजा र खाना १ लाख ८८ हजार ७ सय २३ रूपैयाँ, स्वास्थ्य सामाग्रीमा १७ लाख ६२ हजार ६ सय ५२ रूपैयाँ, कर्मचारी सुविधामा २ हजार रूपैयाँ र अन्यमा ५८ हजार १ सय ६० रूपैयाँ खर्च भएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

हाल गाउँपालिकामा २८ वटा क्वारेन्टाइन निर्माण गरिएकोमा २५ वटा क्वारेन्टाइन सञ्चालनमा आएको छ । भने २ वटा क्वारेन्टाइन खाली रहेका छन् । क्वारेन्टाइनमा बसेका मध्ये १ सय जना महिला र ३१६ जना पुरूष गरी कुल ४१६ जना व्यक्तिहरू बसेका छन् । भने हाल कोरोना पोजेटिभ देखिएका ६ जनालाई राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा भर्ना गरेर उपचार थालिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए ।