दाङमा एकैदिन ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १४३
प्रकासित मिति : २०७७ जेष्ठ ३२, आईतवार १७:०७
प्रकासित समय : १७:०७
दाङ, दाङमा आज आईतबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे बंगलाचुलीमा ४५, तुलसीपुरका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।
उनका अनुसार बंगलाचुली गाउँपालिका ४५ जना वडा नं. ६ का रहेका छन् । ती मध्ये ९ जना महिला छन्, भने अरु सबै पुरुष छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १७ का २७ बर्षीय युवा रहेका छन्, भने बबई गाउँपालिका वडा नं. २ निवासी ३५ बर्षीय पुरुष रहेका छन् ।
उनीहरु सबै भारतबाट आएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या १ सय ४३ पुगेको छ । उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको हाे ।

