कोरोना परिक्षणको दायरा नबढ्दा क्वारेन्टाइनमा बसेकाहरु घर फर्कन बाध्य
दाङ, दाङमा कोरोना परिक्षणमा ढिलाई हुन थालेपछि क्वारेनटाईनमा बस्दै आएका व्यक्तिहरु रिपोर्ट नआउँदै घर फर्कन थालेका छन् । दाङमा कोरोना परिक्षणको दायरा बढाउन नसक्दा रिपोर्ट आउन ढिलाई भएको हो । यता कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई हुन थालेपछि क्वारेन्टाइनबाटै धमाधम घर फर्कन थालेका हुन् ।
क्वारेन्टाइन निर्माण गरिएको स्थलमा सुरक्षा व्यवस्था नहुनु र रिपोर्ट आउन ढिलाईले गर्दा धेरै क्वारेन्टाइनमा बसेकाहरू आत्तिएका छन् । कपितय क्वारेन्टाइनबाट भाग्ने समेत गरेको खबरहरु आइरहेका छन । घोराही उपमहानगरपालिका केही वडाका क्वारेन्टाइनमा बसेका लापरवाही गरेर घर फर्किएका छन ।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनीहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन । उनीहरुमध्ये शनिवार घोराही उपमहानगरपालिका वडा नं १ को सिमलतार आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ जना रिपोर्ट नआउँदै घर फर्किएको वडाध्यक्ष राममणि पाण्डेयले बताए । क्वारेन्टाइनमा २१ दिन बसेका र घर जानका लागि आत्तिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको वडाध्यक्ष पाण्डेयले बताए । लामो समयसम्म क्वारेन्टाइनमा बस्दा उनीहरु स्वयम आत्तिएको र क्वारेन्टाइन निर्माण गरिएको विद्यालयको मर्मत सम्भार गर्नुपर्ने बाध्यताले गर्दा उनीहरुलाई घर पठाउनुपरेको उनले बताए ।
उनीहरु सबैजना भारतबाट फर्किएका हुन । तर अरु भने अझै क्वारेन्टाइनमै बसेको बताएका छन ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ६ को माध्यमिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ जना रिपोर्ट नआउँदै घर फर्किएका छन । नेपाल भित्रैबाट आएकाहरुलाई भने अझै पनि सरकारले आरडिटी परीक्षण गरी घर फर्काउने गरिएको छ ।
त्यसको समन्वय स्थानीय सरकारले गरिरहेको छ । स्वाब परीक्षण नै गरिनुपर्ने दाङ सहित छिमेकी जिल्लाहरको ५ हजार एक सय ३५ जनाको स्वाब परीक्षणको क्रममा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।
प्रतिष्ठानमा हालसम्म गरिएको ६ हजार ४३ स्वाब मध्य एक सय ७९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।स्वाब परीक्षणका क्रममा नयाँ मेसिन आइसके पनि केही पाठपुर्जाहरु आउन ढिलाई भएका कारण स्वाब परीक्षणमा ढिलाई भएको बताए । एक हप्ता पहिले देउखुरीको राजपुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट नआउँदै घर फर्काइएको थियो । किनकि गाउँपालिकाको समन्वयमै उनीहरु घर फर्किएको हो ।
उनीहरु सबैको कोरोनाको पिसिआर परीक्षणमा सबै नेगेटिभ आएको सूचना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिवेदन दिए पनि उनीहरु घर फर्के ।अन्ततः रिपोर्ट सबैको आइसकेको थिएन । प्रतिष्ठानले फेरि घर फर्किएकामध्ये तीन जनामा कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएपछि गाउँपालिकालाई समस्या परेको थियो ।
किनकि राप्ती स्वास्थ्य प्रतिष्ठानको गलत रिपोर्टका कारण उनीहरु रिपोर्ट आउनुभन्दा एक दिन अघि नै क्वारेन्टाइनबाट घर फर्किसकेका थिए । रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिकाले पुनः उनीहरुलाई घरबाट ल्याएर आइसोलेशन सेण्टरमा राखेको थियो । अहिले उनीहरुको उपचार भइरहेको छ ।राजपुर गाउँपालिकामा गलत सूचनाका कारण क्वारेन्टानमा बसेका घर फर्किका थिए । तर अहिले गलत सूचना होइन ।