दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ जेष्ठ ३२, आईतवार १६:१०
प्रकासित समय : १६:१०
दाङ, दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिका सहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २, ४,४, ७, ११ बर्षीया बालिका, त्यसैगरी सोही वडाका २०, २०, २६, २८, ३२, ३५ र ४२ बर्षीया महिला तथा सोही वडाका ३, १५, १७, १७, १८, १८, १८, १९,१९, १९, १९, १९, २०, २०, २२, २३, २३, २३, २३, २४, २५, २५, २६, २७, २७, २९, ३०, ३०, ३०, ३३, ४०, ४२, ४५ र ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए ।
उनीहरु सबै बंगलाचुली गाउँपालिका–६ भुटनेटा, हिमालय बालविकास टाड्के लेक र सरसस्वती बालविकास क्वारेन्टाइनमा बस्दै आएका हुन् । यो संगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।