सुनिलस्मृतिमा विहान ८ देखि वेलुका ६ सम्म कार्यालय सञ्चालन हुने

रोल्पा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्षको अन्त्य तर्फ आइपुग्दा सेवाग्राहिको चाप तथा आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम, बजेट योजना तथा कार्यक्रम तयार पार्नका लागि पनि कार्यालय सञ्चालन समय थप गरिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

विहान ८ बजे देखि वेलुका ६ बजेसम्म सवै कर्मचारीहरु आ–आफ्नो शाखामा रहनका लागि प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले कर्मचारीहरुलाई निर्देशन समेत गरेका छन । भने उक्त निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

सार्वजनिक विदा वाहेक अन्य दिनहरुमा सामाजिक र भौतिक दुरी कायम गर्दै गाउँपालिका विहान ८ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुने गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताए ।