यसकारण नेकपा खजुराले गर्यो बृहत् रक्तदान कार्यक्रम
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीद्वारा शनिबार बाँकेको खजुरामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर ‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान गराैं र स्वस्थ संसार बनाऔं’ भन्ने मुल नाराका साथ बृहत् रक्तदान कार्यक्रम गरिएकाे हाे ।
नेकपा खजुरा गाउँपालिका कमिटीको आयोजनामा खजुराको ज्ञानोदय मावी खजुरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब १ सय ५२ जनाले रक्तदान गरेको नेकपा खजुरा गाउँपालिका कमिटिका अध्यक्ष राजकुमार बिकले जानकारी दिए । बिकका अनुसार खजुरा क्षेत्रका नेकपा कार्यकर्ता, खजुरा गाउँपालिका कार्यालय, ५ नम्बर प्रदेश शसस्त्र प्रहरी गण, लायन्स एण्ड लियो क्लव अफ नेपालगन्ज, जनजागरण क्लब खजुरा, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, युवा तथा सर्बसाधारणले रक्तदान गरेका थिए ।
लकडाउनका बेलामा गर्भबती, सुत्केरी महिला तथा दुर्घटनामा परेकाहरुको लागि रगतको कमि हुन नदिनका लागि पालिका कमिटीले रक्तदान गर्ने निर्णय गरेको बिकले बताए । उनले भने कोरोना भाइरसको महामारीका कारण लकडाउनमा परि बेला समास्यामा परेका बिरामीको लागि उक्त रक्तदान गरिएको हाे ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जको समन्वयमा गरिएको रक्तदानमा कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला नेकपा संघिय निर्वाचन क्षेत्र नं. ३ का सह-ईन्चार्ज डम्बर बिक ‘तुफान’, संघिय निर्वाचन क्षेत्र नं.३ प्रदेश ‘ख’ ईन्चार्ज वेदनिधी प्याकुरेल, संघिय निर्वाचन क्षेत्र नं.३ का संयाेजक दिपेन्द्र शाह ‘युगान्त’, नेकपा बाँके संगठन बिभाग प्रमुख रत्न खत्री, खजुरा गाउँपालिका इन्चार्ज भीम ओली गाउँ कमिटी सचिब यामबहादुर महतरा, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपती, नेताहरू गुमान दमाई, देव रावत लगायतकाे उपस्थिती रहेको थियो ।