सोती हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
जारजरकोट, रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको हो ।
चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले नवराज विकसहित ६ जनाको क्रुरतापूर्वक सामूहिक हत्या गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको स्रोतले बताएको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार छन् ।
प्रहरीले पनि नवराज र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ ।
गत जेठ १० गते चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज १८ जनाको समूह लिएर केटीको गाउँमा पुगेका थिए ।
त्यसक्रममा केटा पक्ष र केटी पक्षका गाउँलेबिच झडप भएको छ । उक्त घटनामा नवराज सहित उनका ५ जना साथीले भेरी नदीमा डुबेर ज्यान गुमाएका थिए । ३ जना सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो । बाँकी १२ जना चाँही सम्पर्कमा आएका थिए ।
ज्यान गुमाउनेमा भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनार, भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाही रहेका छन् ।