एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
प्रकासित मिति : २०७७ जेष्ठ ३२, आईतवार १५:३५
प्रकासित समय : १५:३५
काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ । यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।