भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ ३२, आईतवार ०९:००
प्रकासित समय : ०९:००
काठमाडौं , भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।