पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता
पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन ।
पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा, नातिनीको मृत्यु भएको छ । थप ४ जनाको पनि शव फेला परेको पत्रकार बैकुण्ठ गिरीले जनाएका छन
गिरीका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी छ । तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये ७ जनाको शव फेला परेको हो । पहिरोमा परेर अझै २ जना बेपत्ता छन् ।
र याे पनि ः पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, चारजना बेपत्ता