थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०

काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् ।

देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।