चर्चित अभिनेता सुशान्तसिंह राजपूतले गरे आत्महत्या

एजेन्सी, चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् ।

उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ ।

टेलिभिजनबाट करियर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा उल्लेखनीय अभिनयका कारण चर्चा कमाइरहेका थिए । ‘डिटेक्टिभ ब्योमकेश बक्सी, एमएस धोनी : द अनटोल्ड स्टोरी, छिछोरे उनले मुख्य भूमिका निभाएका चलचित्रहरुमध्ये हुन् ।