गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु
गुल्मी, गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-४ जैसिथोकका ३६ वर्षीय युवकको शनिबार साँझ ९ः२० बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले पुष्टि गरे ।
ति युवक २ जेठमा भारतबाट गाउँ आएका थिए । धुर्कोटगाउँपालिका-४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारको लागि १३ जेठमा ति युवकलाई तम्घासस्थित आइसोलेसनमा लगिएको थियो । उनी २ वर्षदेखि क्यान्सर र पायल्सको दीर्घ रोगीसमेत थिए ।
स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेनन् । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।