कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ ३२, आईतवार १७:००
प्रकासित समय : १७:००
काठमाडाैँ, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । । गएराति गुल्मीका ३६ वर्षीय पुरुषको निधन भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
निधन भएका गुल्मीका पुरुषमा यही १२ जेठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै निधन भएको मन्त्रालयले जनाएको छ ।
उनी क्यान्सर रोगबाट समेत पीडित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।