कुवेतबाट आएकी एक महिलामा कोरोना पुष्टि

काठमाडौं, कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।