अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने

काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ ।

आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म होल्डमा भएका स्वाब निजीमा परीक्षण गर्न दिए पनि परीक्षणको शुल्क भने सरकारले नै बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कसैले आफूखुसी आफूमा कोरोना नरहेको प्रमाणित गर्न चाहेर परीक्षण गर्न खोजेमा भने तोकिएका तीन अस्पताल त्रिवि शिक्षण अस्पतलाल, वीर अस्पताल र पाटन अस्पतालमा परीक्षण गर्न पाउने गरी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

साथै कोही विदेश यात्रा गर्नुपर्ने भएर परीक्षण गर्न चाहेमा र विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले पनि सोही तीन अस्पतालमा पीसीआर परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ ।