नयाँ नक्साको स्वागतमा नेपालगन्जमा पनि दीपावली
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार २१:५८
प्रकासित समय : २१:५८
नेपालगन्ज, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बाँकेमा पनि खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नेपालगन्जमा खुशियाली मनाइएको हो।
भारतले हडपेको भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सा संविधान तथा निशान छापमा समावेश गर्न संविधान संशोधन भएको खुसीयालीमा नेपालगन्जकाे पुस्पलालचाेक दीपावली गरिएको छ।
युवासंघ नेपालद्वारा नेपालगन्जकाे पुस्लालचाेकमा दीपावली गरिएको केन्द्रिय सदस्य रतन शाहीले जानकारी दिए । कार्यक्रममा युवासंघका नेता रतन शाही, युवासंघका बाँकेका नेता जित, मनोज बि .क , ब्यासचन्द्र मिश्र, सेख अलि, इमाम खान र सब्लु खान लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।