बिरामी जाँच्न गएका डाक्टरको टोलिमाथि हातपातको प्रयास

कालिकोट, कालिकोटको पलाँता गाउँपालिका वडा नम्बर २ मा बिरामी जाँच्न गएका डाक्टरको टोलिमाथि हातपातकाे प्रयास भएको छ । सरस्वती माबि राडुनेटाको क्वारेन्टाइनमा राखिएका नागरिकलाई चेकजाँच गर्न गएका डाक्टरहरुको टोलिलाई नेकपाका नेता बिष्णु रोकाया इन्द्रका आफन्तजनहरुले ढुङ्गामुडाकाे प्रयास भएकाे हाे । डाक्टरको टोलीलाई असुरक्षा भएपछी उजुरीका लागि इलाका प्रहरी चौकी थिर्पुमा उजुरी दिईको छ ।

डाक्टरमाथि हातपात गर्नेलाई कार्वाहीको माग गर्दै कालिकोटको पलाँता स्वास्थ शाखाका स्वास्थकर्मी आन्दोलित बनेका छन । स्वास्थ शाखा पलाताको टिम पलाता २ राडुनेटा स्थित क्वारेन्टाइनमा जाने क्रममा स्वास्थकर्मी माथि हातपात गर्ने दोषिलाई कारवाहीको माग गर्दै शनिबार पलाताका स्वास्थकर्मीहरुले आन्दोलन गरेका छन् ।

जिल्ला अस्पताल कालिकोटमा कार्यरत डाक्टर सुसान्त नेकपाका नेता इन्द्र रोकायाका आफन्तले मधिरा सेवन गरि राडुनेटा जान लागेको टोलि माथी हातपात गरेको स्वास्थ्य शाखा प्रमुख हिमाल संज्यालको भनाइ छ । कोरोना भाइरस कोभिड १९ संग आफ्नो ज्यान समेत जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी माथि भयको हातपातका घटनाले आफू दुखी रहेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।

अध्यक्ष बमले भने,’क्वारेन्टाइनका नागरिकलाई चेकजाँचमा जाँदै गरेको सुसान्त आचार्यको टोलिमाथि बिष्णु रोकायाको आफन्तहरुले गरेको अबरोधका कारण डाक्टर फर्केकोमा दुख ब्यक्त गर्दछु कानुनी कार्वाहीको माग गर्दछु ।’