कुखुराको खोरबाट १३ जुवाडे पक्राउ
भालुवाङ, दाङकाे राजपुरबाट ८९ हजार ९ सय ८० रुपैँया सहित १३ जुवाडे कुखुराको खोरबाट प्रकाउ परेका छन् । तेह्रजना गए राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी दिपक यादव, सोही ठाउँ निवासी भिमबहादुर भण्डारी, हरिगोविन्द यादव, भुनेश्वर चौधरी, कुलदिप शर्मा, अनिराग भण्डारी, रोशन भण्डारी, ७ नम्बर वडा निवासी प्रेम ओली, सनोजकुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी सरोज चौधरी, सोही ठाँउ निवासी विकास थापा, ८ नम्बर निवासी रञ्जित चौधरी, सोही ठाउँ निवासी भुपबहादुर थापा रहेका छन् ।
उनीहरुलाई कुखुराको खोरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिए । उनीहरु मध्ये एक जना राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीका कान्छा भाइ समेत रहेका छन् । पक्राउ परेका तेह्र जनालाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ । उनीहरुको आइतवार म्याद थप गरी जुवा ऐन अन्तर्गत मुद्धा चलाउने र सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रहरी निरिक्षक राठोरले जानकारी दिए ।