दाङमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार १७:२१
प्रकासित समय : १७:२१
दाङ, दाङमा आज शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार पिसिआर परिक्षण गर्दा दाङकाे बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का २५ र ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखीएको हो ।
गाउँपालिकाबाट १ सय ३१ जनाको नमुना संकलन गरिएको मध्ये ५२ जनाको परिक्षण गर्दा दुई जनाको रिपोट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
बंगलाचुली र कपिलबस्तुबाट नमुना परिक्षणका लागि पठाईएका १ सय ६ मध्ये ९९ जनाको रिपोट नेगेटिभ र ७ जनाको पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ । अन्य ५ जना भने कपिलबस्तुका रहेका छन् । ती मध्ये एक जना महिला रहेका छन् । उनीहरु १२ देखि ५० वर्ष उमेर समुहका रहेकाे प्रतिष्ठानले जानकारी दिएकाे छ ।