सामाजिक सञ्जाल प्रयाेग गरी चरित्र हत्या गर्ने भट्टराई प्रहरी नियन्त्रणमा

दाङ, सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका पूर्व पत्रकार निशानदाजु भट्टराईलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य, भ्रामक र कपोलकल्पित विषयहरु उल्लेख गरेको भन्दै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

पत्रकार महासंघका अध्यक्ष प्रियासनले भट्टराई विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता भएको छ । प्रहरीले शुक्रबार बेलुका नै भट्टराईलाई नियन्त्रणमा लिएको थियो । बेलुका भट्टराईलाई शनिबार विहान ८ बजे उपस्थित गराउने सर्तमा छोडिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनी अहिले प्रहरी नियन्त्रणमा रहेको र मुद्धाको प्रक्रिया अगाडी बढाईएकाे जानकारी दिएकाे छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ लखनपार्क नजिकै विहिबार बेलुका भएको स्थानीयको आन्दोलनको बार्ताका लागि मध्यस्तकर्ताको रुपमा उपस्थित भएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन माथिको दुव्र्यवहारका विषयमा भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेका थिए । पत्रकार महासंघका अध्यक्ष प्रियासन सहित विभिन्न पत्रकारहरु, व्यवसायी, नेतादेखि जनप्रतिनिधिहरुको चरित्रमाथि पटक पटक लाञ्छना लगाउदै आएका भट्टराई दाङका बदनाम पात्र हुन् ।

उनले केहि समय अगाडी जागरण अनलाईन न्यूज पोर्टल सञ्चालन गर्दै आएका थिए । त्यसको आधारमा आफूलाई पत्रकारको रुपमा चिनाउने र बार्गेनिङ गर्दै आएका भट्टराईको त्यो अनलाईन समेत बन्द अवस्थामा छ ।

अनलाईनको प्रयोग गरेर गैरकानुनी गतिविधि गरेको उजुरीको आधारमा नेपाल सरकारको सुचना विभागले अनलाईन बन्द गराएपछि भट्टराईले फेसबुक मार्फत विभिन्न ब्यक्तिको चरित्र हत्या गर्दै आएका थिए।