चरित्र र प्रवृतिका विरुद्धमा युवा आन्दोलन
समस्या पात्रमा देखिएको होइन । समस्या त पात्रको चरित्र र प्रवृतिमा देखिएको छ । अतः पात्रको प्रवृतिमा परिवर्तन र चरीत्रमा सुधार नगरेसम्म कथाले उहीँ नै मोड लिइ रहनेछ । विद्रोह – दमन , चेतना – दण्ड , आवाज (- लाठी , विरोध – प्रहार ।
मुलुकले छोटो समयमै ठूलो परिवर्तन हासिल गरेको थियो । विद्रोहको एउटा मजबुत प्रहारले निकै नै शक्तिशाली राजसंस्थालाई ध्वस्त बनायो । दलित – जनजाति , मधेसी ( मुस्लिम, पिछडिएका – अल्पसंख्यक समुदायहरुका भावनाहरु लिखित रुपमा संविधानमा दर्ज गर्यो । निम्नस्तरमा रहेको नेपाली समाजको चेतनालाई जागृत गरायो ।
हिजो राजनैतिक छायाबाट मुक्त हुन टाढा भाग्नेहरु देखि लिएर आज मेरो पुस्तासम्म आइपुग्दा , ञ आइ हेट पोलिटिक्स झ भन्दै नाक खुम्च्याउने अनि ओठ लेप्र्याउने युवाहरुमा समेत राजनैतिक चेतना एकाएक ञ फु – मन्त्र झ गरेझै विकसित भएको छ । हिजोसम्म सामाजिक संजालमा मेमे शेयर गर्दै बसेका युवायुवतीहरु आज सरकारसंग १० अर्वको हिसाब माग्दैछन ।
अस्ति भर्खरै लकडाउनले गाँस खोसेर मृत्युवरण गरेका एकजना वृद्ध बाको तस्वीरमा रिप मात्रै लेख्न भ्याएका मेरा मित्रहरू, आज ञ ए सरकार १ कार्पेट कि पिसिआर रु झ भन्दै प्रश्न गरिरहेका छन । कोविड ( १९ को त्रासदीमा कोठाभित्र थुनिएका भविष्यहरु, लकडाउनको अवज्ञा गर्दै मुलुकभरका सडकहरुमा कोरोना भाइरस संग संगै सरकारी रवैयाको प्रतिकार गर्दैछन ।
८० दिनदेखि सन्नाटा छाएको युवाहरूको मन मस्तिष्कमा एकाएक यी चेतनाहरु कसरी पलायो रु एउटा प्रश्न एकदमै तिखारिएर आइरहेको छ भने अर्को प्रश्न एकदमै सुस्त गतिमा मधुरो भइरहेको छ । विषम परिस्थितिका बाबजुद पनि स्वतस्फूर्त रूपमा युवाहरुको चेतनाले सडक विद्रोह कै विकल्प किन रोज्नुपर्यो ?
मैले पहिलो प्रश्नमा राजनैतिक पुर्वाग्रह र सत्तापक्षको एउटा गुटले सिर्जना गरेको विरोध माथीको विषवमन मात्रै महसुस गरेको छु । यसलाई प्रमाणित गर्न दोस्रो प्रश्नमा प्रष्ट हुन जरुरी छ । जब चिनको वुहान शहरमा नोवेल कोरोना भाइरसको संक्रमणको दर फैलिदै गइरहेको थियो । चीन सरकारले सातदिनभित्र कोरोना संक्रमितका लागि छुट्टै आधुनिक अस्पताल तयार पार्ने लक्ष्य लिएर पूरा गर्यो ।
साथै यस भाइरसको नयाँ प्रकृति र संक्रमण दर वृद्धि भइरहेको महसुस पश्चात् विश्वका अन्य मुलुकहरूले पनि आफ्ना नागरिकहरुलाई उद्धार गर्दै स्वदेश फिर्ता लगे । तर त्यही शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई उद्धार गर्न सरकारलाई निरन्तर विभिन्न विद्यार्थी संगठनका साथ साथै प्रतिपक्षी दलहरुले घचघचाइरहनु पर्यो । तर नेपाल सरकार आफ्नै तालमा दम्भ सहितको नाच नाचिरह्यो । अन्ततः वुहान शहरबाट नेपाली विद्यार्थीहरुलाई ढिलै भएपनी फिर्ता ल्याइयो ।
जब कोरोना संक्रमणले चिनमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय रूपमा आकार बढाइरहेको थियो । केही बौद्धिक नेतृत्व पाएका मुलुकहरुले आफ्नो पुर्व तयारी शुरु गरिरहेका थिए , जुन देशहरुमा अहिलेसम्म पनि कोरोना नियन्त्रण सफल भएको पाइन्छ । तर नेपाल सरकार त्यही समय युरोप ( अमेरिका तिर मार्केटिङ गरिरहेको थियो ।
विश्वको स्वास्थ्य क्षेत्र गम्भीर संकटमा फसिरहेको अवस्थामा नेपाल सरकार सन २०२० लाई हर्षोल्लासका साथ खुसियाली को वर्ष मनाउने तयारी गर्दै, कोरोनाबाट सुरक्षित हुन सगरमाथाको फेद र टाकुरोमा पुरै विश्वलाई आमन्त्रण गरिरहेको थियो । अन्ततोगत्वा नेपाल सरकार यसबाट पनि पछि हट्नैपर्यो । तर पनि आफ्नो दम्भबाट पछि हट्न सकेन ।
भारतमा कोरोना संक्रमण विस्तारै फैलिदै गइरहेको थियो भने नेपालको पनि अवस्था सुखद नै थियोे । सत्तारूढ दलका नेताहरू देखि लिएर प्रतिपक्षी दलहरूले कोरोना व्यवस्थापनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठनको माग गरे । तथापि सरकारले आफ्नो दम्भमा कुनै सम्झौता गर्न चाहेन । मुलुकमा मनपरितन्त्र मात्रै लाद्न खोजिरह्यो । तर स्वयं हरेक कुरामा असफलता मात्रै हासिल गर्यो ।
भारतले लकडाउनको तयारी गरिरहदा, भारतमा रहेका नेपाली श्रमिकहरु स्वदेश फर्किन खोज्दा नेपाल सरकारले उनिहरुलाई सिमाक्षेत्रमा अलपत्र बनाइरह्यो । आफ्नो मुलुकको धर्तीमा टेक्ने रहर र बाध्यताले महाकाली नदिमा छ्लाङ मारेका देशप्रेमी लाई निरंकुशताको अपमानमा नांगै गाउँ डुलाइयो ।
नेपालमा संक्रमितहरु फेला गर्दै गइरहेपछि सरकारलाई तयारी गर्न र सिमिनामा अलपत्र नेपालीहरुलाई स्वदेश समयमै भित्र्याउन माग गरिरहदा , क्वारेन्टाइन तथा आइशोलेसन निर्माणमा जुट्न सुझाव दिइरहदा प्रतिपक्षी माथी मजाक उडाइयो । सरकारले तयारी बिनाको लकडाउनको घोषणा गर्दै, गरिबको चुल्होमा पानी पोखिरह्यो । कष्ट सहित मजदुरहरुलाई सयौं किलोमीटरको यात्रामा पैदल हिडाइरह्यो । सरकारले संसदमा प्रतिपक्षी माथि उखान टुक्का छेडिरह्यो ।
लकडाउनको विवशता र कोरोनाको त्रासदीको नाममा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरिरह्यो । लकडाउनकै बिच कोरोना विरुद्धमा नजुटेर दलविभाजन सम्बन्धि अध्यादेश जारी गर्यो । आफ्नै आलोचना बढी भइ सत्ताको सिंहासन डगमगाए पछी संयोगवश राष्ट्रवादरुपि हुकुमको एक्का फ्याक्न सफल पनि भयो । यसबाट सत्ताको आयु लम्बिएको महसुस भएपश्चात सरकार मातिएको जंगली हात्ती झै पुनः मैमत्ता हुन शुरु भयो ।
भारतको क्वारेन्टाइनमा बसेका नेपालीहरुमा समेत कोरोना संक्रमण देखिएपछि मात्रै करिव दुई महिना पछी अलपत्र नेपालीहरुलाई स्वदेश भित्र्याइयो । सरकारको अदुरदर्शिताका कारण जसले नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न गयो । विश्व स्वास्थ्य संगठनले अयोग्य घोषणा गरेको आरडिटी परिक्षण कीट नै नेपाल सरकारले कमिसनको लालचमा किनिरह्यो र जनस्वास्थ्य माथि भद्धा मजाक गर्यो । जसले गर्दा मृत्यु पछि मात्रै नेपालमा कोरोना संक्रमणको पुष्टिहरु भए ।
तयारीका लागि प्रयाप्त समय हुँदा सुतिरहेको सरकारले व्यवस्थापन गर्न नसकेर विद्यालयमा मात्रै नभई गोठमा समेत क्वारेन्टाइन बनाउनुपर्यो । क्वारेन्टाइनमा बसेका जनतालाई असुविधा मात्रै भयो र उचित हेरचाह समेत गर्न सकेन । बढाउनु पर्ने परिक्षणको दायरालाई झनै साँघुरो बनाइरह्यो । प्रभावकारी एवम् ठोस कदम चाल्न नसकेपछि कोरोना निर्जीव एवम् बोसिय तत्व हो भन्दै अवैज्ञानिक कुतर्क गर्दै बसिरह्यो । पुरै नेपाललाई लकडाउनमा बन्द गरेर सरकार अनवरत भ्रष्टाचार र भोगविलासको यात्रामा अगाडि बढिरह्यो ।
सरकार मुलुकमा परिक्षणको अभाव भइरहदा राष्ट्रपतिलाई करोडको कार्पेट फेर्न तथा बाथरुम सजाउन केन्द्रित भयो । भारत बाहेकका तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता हुन तोकेको भाडादर सामान्य अवस्था भन्दा बढी कायम गरेर सरकार स्वयं कमिसनमा लिप्त रह्यो । स्वास्थ्य सामाग्री खरिदमा चरम भ्रष्टाचार गरिरह्यो ।
विपतको अवस्थामा समेत नितिगत तथा तथ्यगत अनियमितता गरिरह्यो । प्रचुर संभावनाका बाबजुद पनि लाचारी पन देखाइरह्यो । सत्ता र सरकारको कुर्सी व्यवस्थापनमै पुरै समय खर्च गरिरह्यो । तसर्थ, राजनीति प्रती झुकाव नराखेका युवाहरू तथा कार्यकर्ताको दायराभन्दा माथि उठेका युवाहरूको सहनशीलता टुटेको छ । सरकारले आफ्नै गलत रवैयाको कारण आफ्नो विरुद्धमा जुट्न युवाहरूलाई बाध्य पारिरहेको छ ।
जब – जब यो सरकार नांगो हुने गरेको छ , तब – तब राष्ट्रवादका तुरुपहरु फ्याक्ने गरेको छ । अहिलेको यस सचेत एवम् शालिन विद्रोहलाई सरकारले दमनको नितिले साम्य पार्न नसकेपछि सामदाम – दण्डभेद प्रयोगको नीति लिएको छ । प्रहरी हस्तक्षेप र दमनले आन्दोलनको आकारमा वृद्धि भएको महसुस भए पश्चात् वर्तमान सरकार सत्ता – सुरक्षामा खटिएका निश्चित गुटका पहरेदार अरिंगाल सेनाहरु मार्फत यस आन्दोलन कसरी संभव भयो भन्ने प्रश्नमा राष्ट्रवाद विरुद्धको संज्ञा दिने कुतर्क गरिरहेको छ ।
भारतिय मिडियाहरुको सहायतामा नेपाली युवाहरूको मनोबल कमजोर बनाउने तथा आन्दोलनलाई तुहाउने गम्भीर षड्यन्त्र सरकारले गरिरहेको छ । आन्दोलनलाई राष्ट्रघात सिद्ध गर्दै युवाहरुलाई चेतना विमुख गर्न लागिपरेको छ । यद्यपि युवाहरूले बुझ्नुपर्छ , यो आरोप नांगिदै गइरहेको सरकारको षड्यन्त्ररुपि टालो हो जुन टालोको अस्तित्व अब माकुराको जालो झै मात्रै भएको छ ।
तसर्थ , युवाहरुमा ढिलो भएपनी गलत प्रवृतिको विरुद्धमा एक्यवद्धता जनाउदै विद्रोहमा उत्रिने चेतना विकसित हुनु एकदमै स्वागत योग्य हो । कुनै पनि भ्रममा नफसेर अहिले सरकारको नेतृत्व गरेको व्यक्तिको मात्रै होइन , प्रवृति र चरित्रको भण्डाफोर गर्न आवश्यक छ । अझै शक्तिशाली एवम् विशाल विद्रोहको खाँचो मुलुकले महसुस गरिरहेको छ ।