विगतमा राष्ट्रघाती काम गर्नेहरुले माफी माग्नुपर्छ : उपेन्द्र यादव
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार १५:१६
प्रकासित समय : १५:१६
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सन्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् ।
यसअघि भारतसँग भएकाे सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती सन्धीमा भुमिका खेल्नेहरुले माफि माग्नु पर्ने उनको माग छ । शनिबार संसदमा बोल्दै नेता यादवले राष्ट्रवादी देखिन दोहोरो कुरा गरेर हिड्ने प्रवृत्ति रोकिनु पर्ने उनको भनाई छ ।

