बाँकेको नरैनापुर कोरोना मुक्त, संक्रमित सबै ११८ जना डिस्चार्ज

नेपालगन्ज, बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो ।

बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन ।  प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार  उनिहरूकाे पछिल्लाे काेराेना रिपाेर्ट नेगेटिभ आएको थियो । 

यसअघि नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको थियो ।

पछिल्लो चरणमा नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइनमा सुरक्षा दिइरहेक थियो ।

डुढुवाका पनि ८ जना कोरोनामुक्त

बाँके डुडुवा गाउँपालिकाको आइसोलेसनमा उपचार गराईरहेका ८ जनालाई शुक्रबार बेलुका डिस्चार्ज गरीएको हो । योसँगै बाँकेबाट कोरोनामुक्त भएर डिस्चार्ज हुनेको सँख्या १७० पुगेको छ ।

बाँकेका विभिन्न आईसोलेशन सेन्टरमा अझैं १२५ जनाको उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।