राष्ट्रिय अखण्डताका विषयमा समर्थन र साथ रहन्छ : देउवा

काठमाडौं, प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ।’

शनिबार निशान छापमा समेटिएको नेपालको नक्सा परिवर्तनका लागि हुन लागेको संविधान संशोधनको दफावार छलफलमा सहभागी हुँदै देउवाले यस्तो बताएका हन् ।

‘नेपाली जनसुकै ठाउँमा भए पनि राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि एक हुन्छन्’, उनले भने ।

संशोधन प्रस्तावलाई कांग्रेस केन्द्रीय समिति र संसदीय दलले पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारीसमेत दिए । उनले यो विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता भएको प्रष्ट पारे ।