यसकारण संसदबाट सरिता गिरी बाहिरिइन्

काठमाडौं, संसदमा बोल्न नपाएपछि माजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन सभामुख अग्नी सापकोटाले अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

पार्टीको निर्देशन विपरित गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्।

सभामुखले गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए।