गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७
पोखरा , गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा चार जना पर्वतका र एक जना नवलपरासीका रहेका छन् ।
निर्देशनालयका अनुसार कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक र वर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी सोहि जिल्लाकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको छ । उनीहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले बताए ।
यस्तै, नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व०, मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । ती व्यक्तिलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले बताए ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।