सडकमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार ०८:२६
प्रकासित समय : ०८:२६
वीरगञ्ज, सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।
मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारीक पुष्टि गरिसकेको छैन् ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।