संविधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई समाजवादीको ह्विप

काठमाडौं, समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी ल्याइएको संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ।

संसदीय दलको शनिबार बसेको बैठकले संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक नेताले बताए ।

बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन पुन: निर्देशनसमेत दिएको छ । तर यसबारे गिरीले सोचेर संसदमा जानकारी दिने बताइन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको छ ।