पाकिस्तानमा कोरोनाबाट २४ घण्टामा १ सय ७ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार ०७:०९
प्रकासित समय : ०७:०९
इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च हुँदै गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा १ सय ७ जनाको संक्रमणबाट ज्यान गएको छ । ६ हजार ३ सय बढी नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या एकैदिन संक्रमित र मृत्यु हुनेमा अहिलेसम्मकै उच्च हो । यसअघि जून ११ मा सर्वाधिक ५ हजार ८ सय ३४ जना संक्रमित भएका थिए भने जून ९मा सर्वाधिक १ सय ५ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख २५ हजार संक्रमित छन् भने २ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । ४० हजार उपचारपछि निको भएका छन् । ८३ हजार एक्टिभ केस छ ।
पाकिस्तान कोरोनाबाट दक्षिण एसियामा भारतपछि सबैभन्दा धेरै प्रभावित देश हो ।